BIZMANDU
www.bizmandu.com

पर्यटनमन्त्री आलेको निर्णय विरुद्ध सर्वोच्च पुग्यो होटल याक एण्ड यती, ‘राजनीतिक उदेश्य राखियो’

२०७८ फागुन ४

पर्यटनमन्त्री आलेको निर्णय विरुद्ध सर्वोच्च पुग्यो होटल याक एण्ड यती, ‘राजनीतिक उदेश्य राखियो’
पर्यटनमन्त्री आलेको निर्णय विरुद्ध सर्वोच्च पुग्यो होटल याक एण्ड यती, ‘राजनीतिक उदेश्य राखियो’

काठमाडौं। सरकारले रोयल्टी नतिरेको भन्दै सेवा बन्दको निर्देशन रोक्न होटल याक एण्ड यतीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। होटलले क्यासिनोको स्वामित्व आफ्नो नरहेको जिकिर गर्दै होटल बन्द गर्न पर्यटन मन्त्रालयले गरेको निर्णय गैरकानुनी भएको जिकिर गरेको छ। 

Tata
GBIME

होटलका कानुनी सल्लाहकार रमन कर्णलेे होटल र क्यासिनो फरक फरक रहेको र निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराउन खोजेकोलेे सर्वोच्च गुहार्नु परेको बताए।

'मन्त्रीस्तरीय निर्णयबाट होटल बन्द गर्ने अधिकार दिइएको छैन। होटलको नाममा गैरकानुनी तवरबाट रोयल्टी कायम गरिएको छ। त्यसैले त्यो निर्णय बदरको माग गरेका छौं,' उनले भने।  होटलले २०४८ सालमा क्यासिनो संचालनको अनुमति पाएको थियो। यो अनुमति पाएपनि होटल आफैंले क्यासिनो संचालन गरेको थिएन।

गील्ट इन्भेष्टमेन्ट प्रालिले होटल याक एण्ड यतीमा रोयल क्यासिनो चलाएको थियो। गील्टका संचालक सुरेन्द्रबहादुर सिंहले क्यासिनो संचालन गरेवापतको रोयल्टी सरकारलाई बुझाएनन्। रोयल्टी बुझाउन सरकारले पटक पटक गील्टका नाममा सूचना समेत जारी गरेको थियो। तर यो कम्पनीले रोयल्टी वापतको रकम नतिरि क्यासिनो संचालन गर्दै आएको थियो।

होटल याक एण्ड यतीको नामको इजाजत पत्र २०७१/११/०५ गते खारेज भएपनि गिल्टले  स्टे अर्डर पाएर चलाएको थियो। त्यो स्टे अर्डरलाई नै आधार मानेर याक एण्ड यतीकै लाइसेन्स व्युँतीएको ठहर गर्दै विभागले यो बक्यौता तिर्न निर्देशन दिएको हो। मन्त्रालयले वर्षौं सम्म गिल्टले विना रोयल्टी क्यासिनो संचालन गर्दा छोडिदिने र अहिले होटललाई नै बन्द गर्न लाग्नु न्यायपुर्ण नभएको उनले बताए।