BIZMANDU
www.bizmandu.com

सुरक्षामा खतरा बढेको भन्दै थप ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भारतको तयारी

२०७८ फागुन २

सुरक्षामा खतरा बढेको भन्दै थप ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भारतको तयारी
सुरक्षामा खतरा बढेको भन्दै थप ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भारतको तयारी

काठमाडौं। भारत सरकारले थप ५४ वटा चिनियाँ एपहरु माथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। चिनियाँ एपहरु मुलुकको सुरक्षामा खतरा बनेको कारण देखाउँदै थप एपहरु बन्द गर्ने निष्कर्षमा भारत सरकार पुगेको हो। 

Tata
GBIME
Nepal Life

भारतको इलेक्ट्रोनिक्स र सञ्चार प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई ५४ वटा चिनियाँ एप माथि तत्कालै प्रतिबन्ध लगाउन पत्राचार गरिसकेको छ। भारतले चिनियाँ ठूला टेक कम्पनीहरु टेन्सेन्ट, अलिबाबा र नेटइजले निर्माण गरेका एपहरु बन्द गर्दैछ। 

भारतले ब्युटी क्यामरा, इक्विलाइजर एन्ड ब्यास बुस्टर, भिभा भिडियो एडिटर, एप लक, डुअल स्पेस लाइटसहितका एपहरु बन्द गर्ने जनाइएको छ। 

भारतले सन् २०२० जुनमा ५९ वटा चिनियाँ एप माथि प्रतिबन्ध लगाएको थियो। जसमा टिकटक, वीच्याट लगायतका चर्चित सामाजिक सञ्जाल समेत थिए।