BIZMANDU
www.bizmandu.com

दुग्ध विकास संस्थानले दूधको भाउ लिटरमा ९ रुपैयाँले बढायो, अब डीडीसीको दूध लिटरको ८५ रुपैयाँ

२०७८ माघ २७

काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूधको मूल्य वृद्धि गरेको छ। संस्थानले दूधको मूल्य प्रति लिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो।

Tata
GBIME

सरकारले हालै मात्र दूधको मूल्यमा प्रति लिटर ६.५२ रुपैयाँले वृद्धि गरेको थियो। त्यसैलाई आधार मानेर संस्थानले दूधको मूल्य बढाएको हो।

कृषि मन्त्रालयको स्वीकृतिपछि संस्थानले नयाँ मूल्य सार्वजनिक गरेको हो। अब दूधको मूल्य लिटरमा ८५ रुपैयाँ पुगेको छ।

लामो समयदेखि दूधको मूल्य बढेको थिएन। किसानले लागतका तुलनामा सस्तोमै दूध बेच्नुपरेको गुनासो गरिरहेका थिए।