BIZMANDU
www.bizmandu.com

मध्य भोटेकोशीको नोक्सानी ६२.१९ प्रतिशतले घट्यो, तर प्रति सेयर आम्दानी अझै नकारात्मक

२०७८ माघ २६

मध्य भोटेकोशीको नोक्सानी ६२.१९ प्रतिशतले घट्यो, तर प्रति सेयर आम्दानी अझै नकारात्मक
मध्य भोटेकोशीको नोक्सानी ६२.१९ प्रतिशतले घट्यो, तर प्रति सेयर आम्दानी अझै नकारात्मक

काठमाडौं। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा मध्य भोटेकोशी जलविद्युत कम्पनीको घाटा ६२.१९ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७ लाख रुपैयाँ नोक्सानीमा थियो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७७ लाख रुपैयाँ मात्र घाटामा छ। 

Tata
GBIME
Nepal Life

गत अर्थिक वर्षको पुस मसान्तसम्म ४ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको  मध्य भोटेकोशी जलविद्युत कम्पनीको चुक्ता पुँजी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३३.३३ प्रतिशत वृद्धि हुँदै ६ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको सञ्चित मुनाफा भने २८ करोड ५ लाख रुपैयाँ नकारात्मक रहेको देखिन्छ। 

समीक्षा अवधिमा जलविद्युतको सञ्चालन घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३ प्रतिशत बढेर २ करोड ७६ लाख रुपैयाँ पुगेको छ। हालसम्म कम्पनीले विद्युत बिक्री भने गरेको छैन। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रति सेयर आम्दानी ०.२६ पैसा नोक्सानीमा छ। जलविद्युतको प्रति सेयर नेटवर्थ यसै अवधिसम्म ९५.३२ रुपैयाँ, प्रति सेयर कूल सम्पत्तिको मूल्य २०९.२२ रुपैयाँ र अन्तिम कारोबार मूल्य ४४१.१० रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात १६९६।५४ गुणा रहेको छ।