BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी विभाग गाभियो, गैर बैंक वित्तीय संस्था विभाग थप

२०७८ माघ २०

काठमाडौं। नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलाई गाभेको छ। गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ हुने छ।

Tata
GBIME
Nepal Life

गभर्नर अध्यक्ष हुने ब्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले विभाग गाभ्ने निर्णय गरेको थियो। गाभिएको विभागले एकिकृत भएर काम भने फागुन १ गतेबाट गर्ने छ।

अहिले विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल छन् भने फाइनान्स कम्पनीकोमा पिताम्बर भण्डारी छन्। नयाँ विभागको जिम्मेवारी बिहीबारसम्म कसैलाई पनि तोकिएको छैन।

राष्ट्र बैंकले अर्को एउटा नयाँ विभाग थप गरेको छ। ‘गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ थप गरिएको हो। यसको प्रमुखको जिम्मेवारी अहिलेलाई वीरेन्द्रदत्त अवस्थीलाई दिइएको छ। उनी अहिले बैंकिङ विभागको निर्देशक छन्।

नयाँ विभागले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडीसीएलजस्ता संस्थाहरुलाई हेर्ने छ।