BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई नयाँ मापदण्ड, मासुजन्य वस्तु लैजाँदा अनुमति चाहिने

२०७८ माघ २०

अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई नयाँ मापदण्ड, मासुजन्य वस्तु लैजाँदा अनुमति चाहिने
अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई नयाँ मापदण्ड, मासुजन्य वस्तु लैजाँदा अनुमति चाहिने

काठमाडौं। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुका लागि नयाँ मापदण्ड लागू भएको छ। उडानमा सहभागी हुने यात्रुलाई मासुजन्य पदार्थ र विभिन्न प्रजातीका बोट विरुवा लैजानका लागि क्वारेन्टाइन कार्यालयको अनुमति अनिवार्य गराइएको छ।

Tata
GBIME
Nepal Life

वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जारी गरेको पत्रको आदेश अनुसार यो नियम लागू गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको सुचना अनुसार यात्रुले मासुजन्य खाद्य पदार्थ अनुमति लिएर मात्र लैजान पाउनेछन् भने चुरोट, सुर्ती, पराग लगायत सुर्तीजन्य पदार्थ लैजान प्रतिवन्ध लगाइएको छ।

पछिल्लो समय ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तर्फको उडानमा यात्रु माग घटेपछि उडान संख्या पनि घटेको विमानस्थल कार्यालयले जनाएको छ।

ओमिक्रोन संक्रमण सुरु हुने अगाडी दैनिक ४० भन्दा बढी नियमित उडान हुँदै आएकोमा अहिले दैनिक २७ वटा उडान हुँदै आएको विमानस्थलले जनाएको छ।