काठमाडौं। एनसेल आजियाटाले मलेसियाबाट आउने कलमा कुरा गर्दा ट्याबलेट उपहार दिने योजना ल्याएको छ। एनसेलले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो योजना ल्याएको जनाएको छ।
मंगलबारदेखि नै लागू हुने यो योजना आगामी १० दिनसम्म संचालनमा रहनेछ। यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीनजना ग्राहकले १/१ वटा फ्लिपकेस र टी-पेनसहितको टीसीएल ट्याब टेन-एस पाउने कम्पनीले जानकारी दिएको छ।
ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ। मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो योजनाको लाभ लिनका साथै ट्याब जित्ने मौका पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मलेसियाको आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुने बताइएको छ।
मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ।
ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्ने पनि कम्पनीले जनाएको छ।