BIZMANDU
www.bizmandu.com

नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले लिए सपथ, महामारीले बैंकिङमा पुर्‍याएको असरबारे छलफल

२०७८ माघ ६

नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले लिए सपथ, महामारीले बैंकिङमा पुर्‍याएको असरबारे छलफल
नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले लिए सपथ, महामारीले बैंकिङमा पुर्‍याएको असरबारे छलफल


काठमाडौं। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पौडेलले बुधबार शपथ लिएका हुन्। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायतसँगै राष्ट्र बैंकका अधिकारीहरुको उपस्थिति थियो। 

कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पुर्‍याएको असर तथा समसामयिक विषयमा छलफल पनि भएको थियो। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए। 

अध्यक्ष पौडेललाई नबिलको गत पुस ३० गते सम्पन्न ३७औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (इन्टरनेशनल) को प्रतिनिधिको रूपमा निर्विरोध निर्वाचित गरेको थियो।