BIZMANDU
www.bizmandu.com

सात महिनापछि ग्वार्को फ्लाइओभरको ठेक्का, साढे १७ करोडमा आशिष–समानान्तर जेभीले पायो


सात महिनापछि ग्वार्को फ्लाइओभरको ठेक्का, साढे १७ करोडमा आशिष–समानान्तर जेभीले पायो
सात महिनापछि ग्वार्को फ्लाइओभरको ठेक्का, साढे १७ करोडमा आशिष–समानान्तर जेभीले पायो


काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभरको ठेक्का ७ महिनापछि लागेको छ। यो फ्लाइओभरको ठेक्का एम/एस आशिष–समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का पाएको हो।

Tata
GBIME
Nepal Life

यो कम्पनीले ६ करोड कममा आर्थिक प्रस्ताव पेश गरेको थियो।

सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गएको असारमा ठेक्का निकालिएको आयोजना विभिन्न प्राविधिक समस्याका कारण ढिला हुँदै आएको छ। ७ महिनासम्म पनि निर्माण कम्पनी नै छनोट गर्न सकेको थिएन।

असार २८ गते निकालिएको ठेक्कामा एमआर भीम/सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा/गोल्डेन गुड जेभी, सूर्य/भ्याली/विकास/ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक/श्रेष्ठ जेभी, तुन्दी/रसुवा/रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष/समानान्तर जेभी गरी नौवटा कम्पनीले आवेदन दिएका थिए।

यीमध्ये आर्थिक प्रस्तावका लागि लामा/गोल्डेन गुड जेभी बाहेकका कम्पनी पास भएका थिए। पास भएका कम्पनी मध्येबाट आशिष–समानान्तर जेभीले कम आर्थिक प्रस्ताव पेश गरेकाले ठेक्का पाएको सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्दका इन्जिनियर सौरभ बज्राचार्यले बताए।

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन(ईपीसी)मोडलमा निर्माण हुने भएकाले  कम्पनीले काम सुरु गरेको दुई वर्षमा आयोजना सक्नुपर्ने बज्राचार्यको भनाइ छ। ‘चार महिना डिजाइन र २० महिना निर्माण अवधि तोकिएको छ,’ उनले भने, ‘फ्लाइओभर ४ लेनको निर्माण गर्नुपर्ने छ।’

फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। जसको कुल लम्बाइ ४ सय ५५ मिटर हुने बेसलाइन सर्भेमा उल्लेख छ। ‘करिब २४ करोड रुपैयाँ खर्चेर फ्लाइओभर निर्माण गर्न लागिएको थियो,’ उनले भने, ‘अब लागत घट्ने भएको छ। तर त्यसका लागि निर्माण कम्पनीले तोकिएको समयमा निर्माण कार्य सक्नु जरुरी छ।’