BIZMANDU
www.bizmandu.com

बजार साढे १० अंकले ओर्लियो, कारोबार रकम भने राम्रो, ८ अर्ब ४४ करोड रुपैयाँको किनबेच

२०७८ माघ ४

काठमाडौं। सेयर बजारमा मंगलबार करेक्सन देखिएको छ। दुई दिनयता फराकिलो अन्तरले बढिरहेको बजार मंगलबार १०.७८ अंकले घटेर बन्द भएको छ।

Tata
GBIME
Nepal Life

सूचक २९३६ अंकमा आएको छ। यद्यपि कारोबार रकममा सुधार छ। बजारमा ८ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

निरन्तर बढेर सर्किट ब्रेकर लाग्ने गरेको मध्य-भोटेकोशीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ। सामलिङ पावरको साढे नौ प्रतिशतले सेयर मूल्य बढेको छ।

बजारमा अपि पावरको २८ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यसपछि अरुण भ्यालीको २५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि नेपाल टेलिकमको २५ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

वाणिज्य बैंक २२ अंकले बढ्दा पनि अन्य समूहले साथ नदिँदा समग्र बजार ओरालो लागेको हो। होटल साढे ४२ र सामूहिक लगानी कोष ०.२ अंकले बढेका छन्। बाँकी जम्मै सूचक घटेका छन्।