BIZMANDU
www.bizmandu.com

अर्ब रुपैयाँ ऋण डुबेपछि बैंकले मदिरा व्यवसायीसँग उठाउने प्रक्रिया थाले, ३५ दिनको अल्टिमेटम

२०७८ माघ ३

अर्ब रुपैयाँ ऋण डुबेपछि बैंकले मदिरा व्यवसायीसँग उठाउने प्रक्रिया थाले, ३५ दिनको अल्टिमेटम
अर्ब रुपैयाँ ऋण डुबेपछि बैंकले मदिरा व्यवसायीसँग उठाउने प्रक्रिया थाले, ३५ दिनको अल्टिमेटम


काठमाडौं। मदिरा कारोबारी अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने प्रक्रिया अगाडि बढाएको छ। ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न डाकेको छ।

Tata
GBIME
Nepal Life

इन्भेष्टमेन्ट बैंकले उनीहरुसँग करिब ३२ करोड रुपैयाँ उठाउनु पर्ने छ। उनीहरुले करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको छ।

हाइपोथेटिकल ऋण बढी भएकाले धितोबाट मात्र उठ्दैन। त्यही भएर इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया सुरु गरेको हो।

अग्रवाल दाजुभाइले विदेशी मदिरा आयात गरेर बिक्री गर्थे। उनीहरुको दरबारमार्ग र कान्तिपथमा भव्य मदिरा पसल छ। उनीहरुले ग्रीनलाइन सेन्टर प्रालिका नाममा ऋण लिएका थिए।

उनीहरुमाथि अन्य बैंकले पनि ऋण लगानी गरेका छन्। उनीहरुको ऋण पनि समस्यामा परेको छ। बैंकहरुले अग्रवाल दाजुभाइका फरक फरक कम्पनीमा ऋण लगानी गरेका छन्। स्रोतका अनुसार, एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी भएको छ।

इन्भेष्टमेन्ट बैंकबाहेकले भने सार्वजनिक रुपमै ऋण उठाउने प्रक्रिया भने सुरु गरेका छैनन्। उनीहरुले मदिराको स्टक भएको गोदाममा सिलबन्दी गरेका छन्।

बैंकहरुले हाइपोथेटिकल ऋण दिएका कारण सम्बन्धि व्यापारको स्टक भएको गोदाममा एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ताला लगाइसकेका छन्।

‘उनीहरु भागेको थाहा पाउने बित्तिकै हामीले शिल्ड गरिसकेकाले स्टक राम्रै देखिन्छ,’ बैंक स्रोतले भन्यो, ‘त्यसबाट केही पैसा उठाउन सकिन्छ। कतिपयमा अन्य सम्पत्ति पनि धितो छ।’

यद्यपि बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल भने होइन। विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति पारिपासोमा राखेर ऋण दिइएको छ। मेगा बैंकको स्टक र धितो दुवै राखेर ऋण दिएको छ। एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ। इन्भेष्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण छ।