BIZMANDU
www.bizmandu.com

उकालो लाग्यो कोरोना संक्रमितको ग्राफ, २४ घण्टामा थपिए ५ हजार ८७ जना संक्रमित

२०७८ पुष ३०

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

Tata
GBIME
Nepal Life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनामा गरिएको परीक्षणमा ५ हजार ८७ जनामा सङ्क्रमण देखिएको हो।

त्यस्तै सोही अवधिमा ३ सय ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २ सय ३५ रहेको छ।

२४ घण्टाको अवधिमा सङ्क्रमण भएका तीनजनाको मृत्यु भएको छ।