BIZMANDU
www.bizmandu.com

डोल्मा इम्प्याक्ट फन्डले फुडमाण्डूमा ४६ करोड लगानी गर्ने, नयाँ सेवासहित थप सहरमा विस्तार

२०७८ पुष ३०

डोल्मा इम्प्याक्ट फन्डले  फुडमाण्डूमा ४६ करोड लगानी गर्ने, नयाँ सेवासहित थप सहरमा विस्तार
डोल्मा इम्प्याक्ट फन्डले फुडमाण्डूमा ४६ करोड लगानी गर्ने, नयाँ सेवासहित थप सहरमा विस्तार


काठमाडौं। अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डूमा डोल्मा इम्प्याक्ट फन्डले करिब ४६ करोड रुपैयाँ (४० लाख अमेरिकी डलर) लगानी गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

जसका लागि डोल्मा इम्प्याक्ट फन्ड र फुडमाण्डूले समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन्। लगानीको अन्तिम स्वीकृति भने बाँकी रहेको डोल्मा इम्प्याक्ट फन्डले जानकारी दिएको छ। फुडमाण्डूमा आठ सयभन्दा बढी रेष्टुरेन्ट आबद्ध छन्। काठमाडौं उपत्यका र पोखरामा फुडमाण्डूसँग तीन लाखभन्दा बढी ग्राहक छन्। 

फुडमाण्डू नेपालको इ-कमर्स क्षेत्र विकासमा ठूलो योगदानकर्ता भएको भन्दै डोल्मा इम्प्याक्ट फन्ड लगानीका लागि अन्तिम कसरतमा लागेको जनाएको छ। 

फुड डेलिभरीसँगै फुडमाण्डूले ग्रोसरी र बेभरेज पनि डेलिभरी गर्दै आएको छ। फुडमाण्डू फ्रेसमार्फत् ग्रोसरी र फुडमाण्डू बारमार्फत् बेभरेज डेलिभरी हुँदै आएको छ।   

फुडमाण्डूमा डोल्माबाट यो तेस्रो र ठूलो लगानी हुने बताइएको छ। डोल्माले आगामी दिनमा थप फलोअप लगानी फुडमाण्डूमा गर्ने जनाएको छ। सन् २०१६ मा ट्रू नर्थ एसोसिएट्स र २०२० मा टिम भेन्चर्स गरी दुईवटा प्राइभेट इक्विटी कम्पनीहरुले फुडमाण्डूमा लगानी गरेका थिए। 

डोल्माको लगानीबाट फुडमाण्डूले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने जनाएको छ। साथै थप नयाँ सेवा र सहरहरुमा विस्तार गर्न लगानी उपयोग गर्ने प्रतिक्रिया फुडमाण्डूको छ। 

आगानी ५ वर्षभित्रमा फुडमाण्डूले प्राप्त हुने लगानी कायम रहेको प्रविधिलाई परिस्कृत गर्ने र जनशक्तिको क्षमता विस्तारमा प्रयोग गर्ने जनाएको छ।