BIZMANDU
www.bizmandu.com

यतीको ‘यति धेरै क्यासब्याक’ योजना, खल्ती एपबाट भुक्तानी गर्दा साढे चार सय क्यासब्याक

२०७८ पुष २९

यतीको ‘यति धेरै क्यासब्याक’ योजना, खल्ती एपबाट भुक्तानी गर्दा साढे चार सय क्यासब्याक
यतीको ‘यति धेरै क्यासब्याक’ योजना, खल्ती एपबाट भुक्तानी गर्दा साढे चार सय क्यासब्याक

काठमाडौं। निजी वायुसेवा कम्पनी यती एरलाइन्सले डिजिटल भुक्तानीलाई मध्यनजर गर्दै  'यति धेरै क्यास ब्याक' योजना सार्वजनिक गरेको छ।  यतीमार्फत सेवा लिने  यात्रुले खल्तीमार्फत टिकटको रकम भुक्तानी गर्दा साढे चार सय रुपैयाँ फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

फ्लाइट बुकिङ सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिने उद्धेश्यले यति धेरै क्यासब्याक अफर सार्वजनिक गरिएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।  

''खल्ती’ सँगको सहकार्यमा हाम्रा यात्रुहरुका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको छ। यात्रुलाई थप सुविधा दिनका लागि एकपछि अर्को अफरहरु ल्याइनै रहेका छौं। यसकै निरन्तरता स्वरुप यो अफर पनि ल्याएका हौं,' प्रवक्ता वर्तौलाले भने। 

अफर अन्तर्गत फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुने कम्पनीले जनाएको छ।  कम्पनीका अनुसार यात्रुले टिकट बुकिङ गर्दाको बिल रकममा  एक सय ५० रुपैयाँ  घट्नेछ भने बाँकी  तीन सय रुपैयाँ ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ।  जनवरी ११बाट लागू भएको यो योजना  फेब्रुअरी १६ तारिखसम्म लागू हुने कम्पनीले जनाएको छ।