BIZMANDU
www.bizmandu.com

गुडविल फाइनान्सका सेयरधनीले १३% लाभांश पाउने, निक्षेप र कर्जा लगानी दुवै बढायो

२०७८ पुष २९

काठमाडौं। गुडविल फाइनान्स लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

Tata
GBIME

वित्तीय संस्थाको २७ औं वार्षिक साधारणसभामा ९.१ प्रतिशत बोनस सेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष विश्व प्रकाश साखले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/७८ मा संस्थाले निक्षेपतर्फ १८.८ प्रतिशतले वृद्धि गर्नुका साथै कर्जातर्फ १५.६८ प्रतिशतले वृद्धि गरेको जानकारी दिए।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत वर्ष विश्वभर फैलिएको कोभिड महामारीका कारण सरकारले गरेको लकडाउन र त्यसबाट उत्पन्न विभिन्न परिस्थितिका बावजुद संस्थाले लगानीकर्ताहरुलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए।