BIZMANDU
www.bizmandu.com

विशाल बजार कम्पनीको सेयरको सम्पूर्ण काम प्रभु क्यापिटलले गर्ने

२०७८ पुष २९

विशाल बजार कम्पनीको सेयरको सम्पूर्ण काम प्रभु क्यापिटलले गर्ने
विशाल बजार कम्पनीको सेयरको सम्पूर्ण काम प्रभु क्यापिटलले गर्ने

काठमाडौं। विशाल बजार कम्पनीले सेयरको काम गर्नका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

नियुक्ति सम्बन्धि सम्झौता पत्रमा विशाल बजार कम्पनीका प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन्। 

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।