BIZMANDU
www.bizmandu.com

वित्तीय क्षेत्रमा बढेको तरलताले सेयर बजारको ५४ अंकको छलाङ, चार कम्पनीको मूल्य ९% माथि

२०७८ पुष २९

काठमाडौं। अघिल्लो दिन थोरै अंकको ब्रेक लागेको सेयर बजारले बिहीबार फराकिलो छलाङ हानेको छ। सेयर बजार सूचक सुरुवातबाटै उकालो लाग्न थालेको हो।

Tata
GBIME
Nepal Life

बजारमा सामान्य उतारचढाव देखिए पनि बढ्दो दिशामा अगाडि बढेको थियो। दिनभरीमा सूचक ५४ अंकले बढेर बन्द भएको छ। २८५७ अंकमा बजार बसेको छ।

कारोबार रकम तुलनात्मक रूपमा कम भएपनि साताभरको औसतभन्दा माथि छ। दिनभरीमा २२४ कम्पनीको ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

अन्य समूहबाहेक सबै उपसूचकहरु हरियो भएको छ। बजारलाई खासगरी लघुवित्त, बीमा र वाणिज्य बैंकले माथि पुर्‍याएको हो। यसबाहेक व्यापार, विकास बैंक, जलविद्युतले बजारको वृद्धिलाई टेवा दिएका छन्।

चार कम्पनीका सेयरधनीले ९ प्रतिशतमाथिले सम्पत्ति बढाएका छन्। मध्य-भोटेकोशी, माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोको सेयर मूल्य ९ प्रतिशत बढीले उक्लिएको हो।

घट्नेमा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनी छन्। यिनको मूल्य जम्मा एक प्रतशितले घटेको छ। बाँकी जम्मैको योभन्दा कमले घटेको छ।

बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी ३४ करोड ३१ लाख रुपैयाँको भएको छ। यसपछि अपि पावरको २३ करोड २३ लाख, निफ्राको २२ करोड २९ लाख, एचआइडीसीएलको २१ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

बजारमा बैंकिङ तरलता सहजताको प्रभाव परेको हो। वित्तीय क्षेत्रमा पछिल्लो समय तरलता केही सहज भएर सीडी रेसियो ९० प्रतिशतभन्दा तल आएको छ।