BIZMANDU
www.bizmandu.com

सुन प्रतितोला ९२ हजार पुग्यो, चाँदीमा झिनो वृद्धि, अन्तर्राष्ट्रिय बजार कारोबार सुधारतर्फ

२०७८ पुष २८

सुन प्रतितोला ९२ हजार पुग्यो, चाँदीमा झिनो वृद्धि, अन्तर्राष्ट्रिय बजार कारोबार सुधारतर्फ
सुन प्रतितोला ९२ हजार पुग्यो, चाँदीमा झिनो वृद्धि, अन्तर्राष्ट्रिय बजार कारोबार सुधारतर्फ


काठमाडौं। सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ४ सय रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी कारोबार मूल्य सुधारोन्मुख देखिँदा असर स्थानीय बजारमा पनि परेको हो। 

Tata
GBIME
Nepal Life

तीन दिनको स्थिरतापछि सोमबार र मंगलबार ३/३ सय रुपैयाँको घटबढ भएको थियो। प्रतितोला ९१ हजार ६ सयमा आइपुगेको सुनको मूल्य बुधबार बढेर ९२ हजार रुपैयाँ पुगेको हो। 

पुस लागेयता सुनचाँदीको मूल्यमा धेरै अन्तरको घटबढ भइरहेको छैन। पुस २ मा प्रतितोला ९४ हजार पुगेको थियो। त्यसयता प्रतितोला उक्त मूल्य छोएको छैन। घटेर नै कारोबार हुँदै आएको छ।  

चाँदी तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारमा तोलाको १२ सय ३० रुपैयाँ थियो।

लगानीका अन्य क्षेत्र सहज हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मन्द देखिएको थियो। कारोबार मूल्यमा सामान्य सुधार देखिन थालेपछि यो क्षेत्रमा पुनः लगानीकर्ता आकर्षित हुन थालेको अनुमान गरिएको छ। 

गत सोमबार प्रतिऔंस १७९२.४८ डलरमा कारोबार भएको सुन मंगलबार १८०६.४८ डलर भएको थियो। बुधबार १८१८.३९ डलरमा कारोबार भइरहेको छ।

यसैगरी चाँदी गत सोमबार प्रतिऔंस २२.२७ र मंगलबार २२.५५ डलर थियो। बुधबार सामान्य सुधारतर्फ अघि बढ्दै २२.७५ डलरमा कारोबार भइरहेको छ।