BIZMANDU
www.bizmandu.com

सुन तोलामा फेरि ३ सय बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो, अन्तर्राष्ट्रिय बजारमा सामान्य सुधार

२०७८ पुष २७

सुन तोलामा फेरि ३ सय बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो, अन्तर्राष्ट्रिय बजारमा सामान्य सुधार
सुन तोलामा फेरि ३ सय बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो, अन्तर्राष्ट्रिय बजारमा सामान्य सुधार

काठमाडौं। तीन दिनको स्थिरतापछि सोमबार सुनको मूल्य जति घटेको थियो, मंगलबार फेरि त्यति नै बढेको छ। तोलामा ३ सय रुपैयाँको घटबढ भएको हो। 

Tata
GBIME
Nepal Life

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबारका तुलनामा ३ सयको गिरावटपछि सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँ भएको थियो।

गत शुक्रबार कायम ९१ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा स्थिर रहेर आइतबार कारोबार भएको थियो। सुनको मूल्यमा धेरै अंकको उतारचढाव भएको छैन। पुस २ मा पुगेको ९४ हजार रुपैयाँ प्रतितोलाबाट घटेर कारोबार हुँदै आएको छ। उक्त दिन यो महिनाको सर्वाधिक मूल्य थियो।

चाँदीको कारोबार मूल्यमा पनि धेरै उतारचढाव छैन। १० रुपैयाँ बढेर मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँ भएको छ। सोमबार प्रतितोला १२ सय २० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य सुधार छ। सोमबार प्रतिऔंस १७९२.४८ डलरमा कारोबार भएको सुन मंगलबार १८०६.७२ डलर भएको छ। यसैगरी प्रतिऔंस २२.२७ डलरमा कारोबार भएको चाँदी मंगलबार २२.५५ डलर भएको छ।