BIZMANDU
www.bizmandu.com

नेपाली रुपैयाँ ६४ दिनयताकै सबैभन्दा शक्तिशाली, १२२ बाट ११८ रुपैयाँको लाइनमा फर्कियो डलर

२०७८ पुष २७

काठमाडौं। नेपाली रुपैयाँको भाउ ६४ दिनयताकै शक्तिशाली भएको छ। यसले आयात ब्यापारलाई केही सस्तो बनाए पनि रेमिटेन्स पठाउनेलाई भने निरुत्साहित गर्छ।

Tata
GBIME
Nepal Life

अमेरिकी डलरको भाउ घट्न थालेपछि नेपाली रुपैयाँ बलियो भएको हो।

मंगलबार एक अमेरिकी डलरको भाउ ११८ रुपैयाँ ७७ पैसामा झरेको छ। सोमबार डलरको भाउ ११९ रुपैयाँ २० पैसा थियो।

राष्ट्र बैंकका अनुसार, डेढ वर्षयताको उच्चतम बिन्दु पुगेर डलर ओर्लिन थालेको हो। भारु बलियो भएका कारण डलरको मूल्य कमजोर भएको हो। भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ।

यही बीचमा डलरको भाउ १२२ रुपैयाँ २८ पैसासम्म पुगेको थियो।