BIZMANDU
www.bizmandu.com

बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको ३० प्रतिशत कर्पोरेट कर घटाउन सकिन्छ: अर्थमन्त्री शर्मा

२०७८ पुष २६

बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको ३० प्रतिशत कर्पोरेट कर घटाउन सकिन्छ: अर्थमन्त्री शर्मा
बैंक तथा वित्तीय संस्थालाई लाग्दै आएको ३० प्रतिशत कर्पोरेट कर घटाउन सकिन्छ: अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको नाफामा लाग्ने ३० प्रतिशत कर्पोरेट कर घटाउन सकिने बताएका छन्। बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफीन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले कर घटाउन सकिने बताएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुनेमा जोड दिएका छन्।

'संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। संकटका बेला उद्योग धन्दालाई पनि बचाउनुपर्छ। बैंकलाई सबैको भन्ने भावना हुनुपर्छ,' अर्थमन्त्री शर्माले भने।

दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई उनले आग्रह गरेका छन्। कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको बताउँदै उनले ती मुलुकहरुमा शाखा खोल्न आग्रह गरेका हुन्। यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने मन्त्री शर्माको विश्वास छ। 
 
बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टिकरण गर्नुपर्नेमा जोड दिए। ‘आफूले आफैँलाई ऋण दिने-लिने देखिएको छ। यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन्,' उनले भने। 

उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने उनले दाबी गरे। पछिल्लो समय देखिएको तरलताको चाप माघभित्रै समाधान हुने मन्त्री शर्माको दाबी छ। 

'अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन, सचेत हुने अवस्थामा छ। तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ,' उनले भने। 

कोभिड-१९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए । 

उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउन समेत आग्रह गरे । यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताए । लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भन्दै लकडाउन गर्न नहुने उनको भनाइ छ ।

‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ,' उनले भने,'अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन।'