BIZMANDU
www.bizmandu.com

गाडी बिक्रीमा जीएमलाई उछिन्यो टोयोटाले, अमेरिकी बजारमा नौ दशकपछि विदेशी कम्पनीको रेकर्ड ब्रेक

२०७८ पुष २१

गाडी बिक्रीमा जीएमलाई उछिन्यो टोयोटाले, अमेरिकी बजारमा नौ दशकपछि विदेशी कम्पनीको रेकर्ड ब्रेक
गाडी बिक्रीमा जीएमलाई उछिन्यो टोयोटाले, अमेरिकी बजारमा नौ दशकपछि विदेशी कम्पनीको रेकर्ड ब्रेक

काठमाडौं। अमेरिकाको अटोमोबाइल बजारमा टोयोटाले जनरल मोटर्स (जीएम) लाई उछिनेको छ। ९० वर्षदेखि बजारमा आफ्नो वर्चस्व कायम राख्दै आएको अमेरिकी कम्पनीलाई जापानी गाडी उत्पादक टोयोटाले पहिलोपल्ट बिक्रीमा पछि पारेको हो।

Tata
GBIME
Nepal Life

अमेरिकी सवारी बजारमा घरेलु कम्पनीलाई विदेशी मोटर उत्पादकले पछि पारेको यो पहिलोपटक भएको अटोमोबाइल सम्बन्धी सञ्चारमाध्यमहरुले जनाएका छन्। बिक्रीका आधारमा बजार घटबढ हुनुमा भने केही खास कारण छन्।  

अमेरिकामा सर्वाधिक गाडी विक्री गर्न सफल हुँदै आएको जीएमलाई सन् २०२१ मा टोयोटाले उछिनेको हो। कोभिड-१९ का कारण विश्व बजार प्रभावित रहँदा पनि आफ्नो उत्पादन र आपूर्ति व्यवस्थापन सुदृढ राखेकाले टोयोटा बजारमा अगाडि आएको हो। सन् २००५ सम्म टोयोटा अमेरिकी बजारमा चौथो नम्बरमा थियो। निरन्तर बिक्री बढाए पनि जीएमलाई उछिन्न भने धेरै वर्ष लागेको हो। 

सेमी कन्डक्टर व्यस्थापनमा समस्या भोग्दै आएकाले जीएमले सन् २०२१ मा लक्ष्यअनुसार धेरै गाडी बजारमा पठाउन सकेको थिएन। सन् २०२१ मा २२ लाख थान गाडी बिक्री गरेको एमजीले यो वर्ष आफ्नो बिक्रीमा १२.९ प्रतिशतले गिरावट आएको जनाएको छ।

टोयोटाले भने यही समयावधिमा २३ लाख थान गाडी बिक्री गरेको जनाएको छ। कम्पनीका अनुसार गत वर्षको तुलनामा बिक्रीदर १०.४ प्रतिशतले उँभो लागेको छ।

दुई कम्पनीबीच गाडी बिक्री संख्या सवा एक लाख थानको रहेको छ।

'हामीले एमजीको रेकर्ड तोडेका छौं। तर स्पष्ट कुरा के भने यो हाम्रो उद्देश्य होइन र यो दिगो पनि छैन,' उत्तर अमेरिकास्थित टोयोटाका वरिष्ठ उपाध्यक्ष ज्याक होलिजले भनेका छन्। अमेरिकामा टोयोटाको क्यामरी धेरै बिक्री हुने कारमा परेको छ भने सर्वाधिक बिक्री हुने एसयुभीमा पाँच वर्षदेखि टोयोटाको 'र्‍याभ-फोर' अगाडि रहँदै आएको छ। (एजेन्सीको सहयोगमा)