BIZMANDU
www.bizmandu.com

जापानिज टेक जायन्ट सोनीले इभी पनि उत्पादन गर्ने, नयाँ घोषणासँगै सेयर बजार ४.२% ले बढ्यो

२०७८ पुष २१

जापानिज टेक जायन्ट सोनीले इभी पनि उत्पादन गर्ने, नयाँ घोषणासँगै सेयर बजार ४.२% ले बढ्यो
जापानिज टेक जायन्ट सोनीले इभी पनि उत्पादन गर्ने, नयाँ घोषणासँगै सेयर बजार ४.२% ले बढ्यो

काठमाडौं। जापानको टेक जायन्ट कम्पनी सोनी ग्रुपले विद्युतीय गाडी उत्पादन सुरु गर्ने भएको छ। आउँदो मार्चबाट कम्पनीले विद्युतीय गाडीको उत्पादन सम्भाव्यता परीक्षण गर्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले इभी उत्पादन गर्ने घोषणासँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ। सोनीको सेयर ४.२ प्रतिशतले उकालो लागेको छ। समूहले सोनी मोविलिटी इन्कमार्फत विद्युतीय गाडी उत्पादन गर्ने अध्यक्ष तथा सीइओ केन्चिरो योशिदाले बताएका छन्।

अडियो, भिडियो, रोबोटिक्स, कम्प्युटिङ, सेन्सिङ, क्लाउड, फाइभ-जी, मनोरञ्जनयुक्त सामाग्री उत्पादन गर्दै आएको यो कम्पनीले पहिलोपटक विद्युतीय गाडी उत्पादनमा जोड दिएको हो। कम्पनीले 'नेक्स्ट जेनेरेसन भेहिकल' लाई मुख्य प्राथमिकतामा राख्दै उत्पादन सुरु गर्न लागेको जनाएको छ।

अध्यक्ष योशिदाका अनुसार सोनीले प्रोटोटाइप एसयुभी, भिजन-एस ओटु लगायत प्रविधिको गाडी उत्पादन गर्नेछ। हात हालेका क्षेत्रमा गुणस्तरका लागि विश्वसनीय सोनी ग्रुप कर्पोरेशन जापानको ७५ वर्ष पुरानो कम्पनी हो। (एजेन्सीको सहयोगमा)