BIZMANDU
www.bizmandu.com

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आइपिओ जारी गर्न नेप्सेमा आवेदन, के भइरहेको छ प्रक्रिया ?

२०७८ पुष २०

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आइपिओ जारी गर्न नेप्सेमा आवेदन, के भइरहेको छ प्रक्रिया ?
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आइपिओ जारी गर्न नेप्सेमा आवेदन, के भइरहेको छ प्रक्रिया ?

काठमाडौं। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीको तेस्रो साधारणसभामा बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने प्रस्ताव राखेको छ।

Tata
GBIME

साधारणसभा माघ ११ गते कम्पनीको कार्यालय तीनकुनेमा हुनेछ। कम्पनीले पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आवेदन दिएको थियो।

गत वर्ष नै आवेदन दिए पनि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको एक आर्थिक वर्ष पूरा भएपछि मात्रै सेयर जारी गर्न पाउने प्रावधानका कारण अगाडि बढ्न सकेको थिएन। कम्पनीका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले एक आर्थिक वर्ष पूरा भएपछि बुक बिल्डिङमार्फत सेयर जारी गर्न नेप्सेमा आवेदन दिइसकेको बताए।

'हामीले सेयर जारी गर्न नेप्सेमा आवेदन दिइसकेका छौं। तर नेप्सेले बिडिङ प्लेटफर्म नबनाएकोले प्रक्रिया अगाडि बढ्न सकेको छैन,' उनले बिजमाण्डूसँग भने, 'उहाँहरुले भारत र बंगलादेशले कसरी बिडिङ प्रक्रिया अगाडि बढाएका थिए। त्यो हेरेर यहाँ डेभलप गर्ने भन्नुभएको थियो।' उनका अनुसार सेयर बिक्रीका लागि प्लेटफर्म तयार भएपछि मात्रै नेपाल धितोपत्र बोर्डमा आवदेन दिनेछ।

'नेप्सेमा सीइओ नभएकाले बिडिङ प्लेटफर्मलाई अन्तिम रूप दिएर स्वीकृत गर्न नसकेको जानकारी पाएको छु। त्यहाँबाट स्वीकृत भएपछि मात्रै बोर्डमा जाने हो,' न्यौपानेले भने, 'त्यसपछि बोर्डले सेयर निष्कासनका लागि अनुमति दिन्छ।'