BIZMANDU
www.bizmandu.com

एनटीसी एमडी नियुक्ति मुद्दा तेज केसी र टंक मोक्तानको इजलासमा, आजै फैसला आउने सम्भावना न्यून

२०७८ पुष १२

एनटीसी एमडी नियुक्ति मुद्दा तेज केसी र टंक मोक्तानको इजलासमा, आजै फैसला आउने सम्भावना न्यून
एनटीसी एमडी नियुक्ति मुद्दा तेज केसी र टंक मोक्तानको इजलासमा, आजै फैसला आउने सम्भावना न्यून


काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ। 

Tata
GBIME
Nepal Life

योग्यता पुगे पनि योग्यताको मापदण्डमा गरिएको चलखेलले अनन्तमान सिंहले आवेदन दिन नपाएपछि पूर्वकर्मचारी सुरेन्द्रमान सिंहले सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले दरखास्तको सर्त नै फेरिएको भन्दै परेको रिटमा पुस ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। 

आजको पेसीमा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा सर्वोच्चले बोलाउन पुस ५ गते नै आदेश दिएको थियो। 

नेपाल टेलिकमको प्रबन्धक निर्देशक हुन योग्यता पुगे पनि योग्यताको मापदण्डमा गरिएको चलखेलले अनन्तमान सिंहले आवेदन दिन नपाएपछि पूर्वकर्मचारी सुरेन्द्रमान सिंहले सरकारलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। दायर रिटमा अदालतले नियुक्ति प्रक्रिया आज (सोमबार)सम्म रोकेर दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको थियो। 

सर्वोच्चमा सोमबारका मुद्दाहरुको क्रम संख्याको निकै पुछारमा रहेकाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक नियुक्ति बारेको मुद्दामा झट्टै फैसला आउने सम्भावना भने न्यून छ।