BIZMANDU
www.bizmandu.com

चार फर्मलाई एक साताभित्र उपस्थित हुन राजस्व अनुसन्धानको उर्दी, कर छलीको शंकामा अनुसन्धान

२०७८ पुष ११

चार फर्मलाई एक साताभित्र उपस्थित हुन राजस्व अनुसन्धानको उर्दी, कर छलीको शंकामा अनुसन्धान
चार फर्मलाई एक साताभित्र उपस्थित हुन राजस्व अनुसन्धानको उर्दी, कर छलीको शंकामा अनुसन्धान

काठमाडौं। चार व्यवसायिक फर्मले राजस्व छली गरेको शंका राजस्व अनुसन्धान विभागले गरेको छ। सूचना जारी गर्दै विभागले वासुकी निर्माणसहित चार कम्पनीलाई एक साताभित्र उपस्थित हुन बोलाएको छ। 

Tata
GBIME
Nepal Life

विभागले वासुकीसँगै ललितपुरको त्रिशक्ति ट्रेडर्स, निरज ट्रेड कन्सर्न काठमाडौं र काठमाडौंकै पशुपति ट्रेड कन्सर्नका प्रतिनिधिलाई उपस्थिति हुन सूचना जारी गरेको हो। निर्धारित अवधिभित्र जवाफ दिन उपस्थित नभए हुने कार्बाहीविरुद्ध कतै उजुरबाजुर नलाग्ने जनाएको छ।

विभागले राजस्व छलीको आशंकामा विभिन्न व्यवसायिक फर्ममाथि अनुसन्धान गर्दै आएको छ। यसैगरी यी फर्मलाई पनि अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरेको हो।

विभागले सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) छलिको अनुसन्धान गरिसकेको छ। विभागका अनुसार हाल आयकर र भ्याट छलीको मात्रै १५ सयभन्दा बढी फर्महरुको अनुसन्धान भइरहेको छ।