BIZMANDU
www.bizmandu.com

२५ दिनपछि आंशिक रूपमा संचालनमा आयो सुर्खेत विमानस्थल, जनवरी दोस्रो सातापछि पूर्ण रुपमा

२०७८ पुष ६

२५ दिनपछि आंशिक रूपमा संचालनमा आयो सुर्खेत विमानस्थल, जनवरी दोस्रो सातापछि पूर्ण रुपमा
२५ दिनपछि आंशिक रूपमा संचालनमा आयो सुर्खेत विमानस्थल, जनवरी दोस्रो सातापछि पूर्ण रुपमा

काठमाडौं। ओभर-लेको काम सकिएपछि सुर्खेत विमानस्थल २५ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। मर्मत सम्भारको काम पूर्ण रुपमा नभएकाले जनवरी दोस्रो साताबाट मात्रै यो विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनेछ।

Tata
GBIME
Nepal Life

'अहिले विहान ६:३० बजेदेखि दिउँसो १२ बजेसम्मका लागि विमानस्थल सञ्चालनमा ल्याइएको छ। ओभर-लेको काम सकिएको छ तर एप्रोनको काम बाँकी नै छ। जनवरी १० तारिखसम्म विमानस्थल मध्यान्ह १२ बजेपछि बन्द गरिनेछ,' विमानस्थलका एक कर्मचारीले भने।

मर्मत सम्भारका लागि यो विमानस्थल गत मंसिर १० देखि पुस ५ गते(हिजो) सम्म नियमित उडान बन्द गरिएको थियो।

विसं. २०२३ सालमा स्थापना भएको यो विमानस्थलको धावनमार्गको लम्बाई १२ सय ५५ मिटर छ भने चौडाइ ३० मिटर छ। यो विमानस्थलमा एटीआर-४२ सिरिजको जहाजले उडान-अवतरण गर्दै आएको छ। 

सुर्खेत विमानस्थलमा हाल काठमाडौं-सुर्खेत निजी वायुसेवा कम्पनीले मात्र नियमित उडान गर्दै आएको छ।