BIZMANDU
www.bizmandu.com

गृहमन्त्री खाँणले भने-‘नेपालको विकासका लागि एमसीसी प्रस्तावमा आएको हो, पारित हुन्छ’

२०७८ पुष ६

गृहमन्त्री खाँणले भने-‘नेपालको विकासका लागि एमसीसी प्रस्तावमा आएको हो, पारित हुन्छ’
गृहमन्त्री खाँणले भने-‘नेपालको विकासका लागि एमसीसी प्रस्तावमा आएको हो, पारित हुन्छ’

जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकै प्रस्तावमा आएको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आईपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा नेपालको विकासको लागि नेपालकै प्रस्तावमा आएको एमसीसी सम्झौता पारित हुने बताएका हुन्।

नेपालको विकासका लागि परियोजना बिच धेरै अघि नै सम्झौता भएको भन्दै उनले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए। ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसंग सम्बन्धित परियोजना संचालन गरिरहेको छ। यसमा अन्य कुनै भ्रम छैन्।’

कार्यक्रममा उनले अमेरिकाले विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको समेत जानकारी दिए। उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होईन। यो निःशर्त अनुदान हो। गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ।’

खाणले संसदमा कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्य जरुरी रहेकोले सरकार सहज वातावरण तयारी गर्न लागेको बताए।