BIZMANDU
www.bizmandu.com

सुपर कावेली खोला-ए र क्यासकेडको ऋण लगानी टुंगियो, एनएमबि बैंकको अगुवाइमा ऋण लगानी

२०७८ पुष ५

सुपर कावेली खोला-ए र क्यासकेडको ऋण लगानी टुंगियो, एनएमबि बैंकको अगुवाइमा ऋण लगानी
सुपर कावेली खोला-ए र क्यासकेडको ऋण लगानी टुंगियो, एनएमबि बैंकको अगुवाइमा ऋण लगानी

काठमाडौं। १३.५ मेगावाटको सुपर कावेली खोला- 'ए' जलविद्युत आयोजना तथा १२ मेगावाटको सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको वित्तीय व्यवस्थापन भएको छ।

Tata
GBIME

दुवै परियोजनाको मुख्य ऋण लगानीकर्तामा एनएमबि बैंक छ। प्रदेश १ अन्तर्गत ताप्लेजुङको  सिरीजंगा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला– 'ए' जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिले निर्माण गरिरहेका छन्। 

आयोजनाहरुमा एनएमबि बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले पनि लगानी गरेको छ।

सुपर कावेली खोला– 'ए'को लागत २ अर्ब ४१ करोड र क्यासकेडको २ अर्ब १४ करोड छ। यसमध्ये काबेली 'ए'मा १ अर्ब ८९ करोड तथा क्यासकेडमा १ अर्ब ६७ करोड ऋण लगानी हुने छ। 

यससँगै एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।