BIZMANDU
www.bizmandu.com

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई तालिम दियो, सर्वोत्कृष्टहरुलाई बिशेष सम्मान

२०७८ पुष ४

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्सले  आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मान गरेको छ।  पोखरामा आयोजित वार्षिक राष्ट्रिय कार्यक्रममा कम्पनीले उत्कृष्ट व्यवसाय गर्ने करिब पाँचसय जना एजेन्सी लिडरहरुलाई सम्मान गरेको हो।

Tata
GBIME
Nepal Life

एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरिन्।

कार्यक्रममा देशभरबाट आ. व. २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।

ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना पहिलो,  भुपेन्द्र क्षेत्री दोस्रो र युवराज वास्तोला  तेस्रो भए।  यसैगरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे पहिलो, रत्न बहादुर खत्री दोस्रो र टिका प्रसाद खरेल तेस्रो भएको कम्पनीले जनाएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए। 

कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले नयाँ बीमालेख जीवन श्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गरिन्।

नयाँ बीमा योजनाबाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्तीपछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबध हुने कम्पनीले जनाएको छ।