BIZMANDU
www.bizmandu.com

द क्लिफले कुश्मामा एडभेञ्चर प्रडक्ट बढाउँदै, अब थपियो घोडचढीको प्याकेज

२०७८ पुष ४

द क्लिफले कुश्मामा एडभेञ्चर प्रडक्ट बढाउँदै, अब थपियो घोडचढीको प्याकेज
द क्लिफले कुश्मामा एडभेञ्चर प्रडक्ट बढाउँदै, अब थपियो घोडचढीको प्याकेज

काठमाडौं। साहसिक खेलहरुलाई व्यवसायिकरूपमा अघि बढाएको पर्वतको कुश्मास्थित द क्लिफ रिसोर्टले प्याकेजमा अब घोडचढी (हर्स राइडिङ) पनि थपेको छ। 

Tata
GBIME
Nepal Life

विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको कम्पनीले यो सेवाका लागि प्रतिव्यक्ति दुई सय ५० रूपैयाँ निर्धारण गरेको जनाएको छ।कम्पनीले यसअघि गुलेली पिङ, पारिवारिक पिङ, जर्ब बल, हाइ रोप स्टेसन, स्काइ चियर सञ्चालनमा ल्याइसकेको छ।

द क्लिफले नयाँ प्रडक्टका रुपमा घोडचढी सुरु गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। 'हामी यो एरियालाई एडभेञ्चर अबका रुपमा विकास गर्छौ,' उनले भने, 'धेरै आइटम ल्याइसक्यौं, अझै थप्दै जाने योजना छ।' 

विश्वकै अग्लो स्विङ सञ्चालन गर्दै आएको द क्लिफमा रहेका गुलेली पिङ, हाइ रोप स्टेसन लगायत सेवा पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्।