BIZMANDU
www.bizmandu.com

सरकारी स्वामित्वको नेपाल बैंकले प्रमुख कार्यकारीको तलब भत्ता बढायो: साढे ५४ लाख भुक्तानी

२०७८ पुष २

काठमाडौं। नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २१ लाख ६० हजार रुपैयाँ तलब र ३२ लाख ८२ हजार रुपैयाँ भत्ता दिएको छ। 

Tata
GBIME

कुल ५४ लाख ४२ हजार रुपैयाँ तलब भत्ता दिएको हो। यो सुविधा बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा कृष्णबहादुर अधिकारीले लिएका हुन्। 

अघिल्लो बर्ष अधिकारीले ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत पाएका थिए। बैंकले कम्पनी सचिवसहित अन्य ब्यवस्थापनका पदाधिकारीलाई तलब भत्ता बापत ४ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

नेपाल बैंकले शुक्रबार साधारणसभा गरेको छ। सभामा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार, बैंकले कर्मचारी खर्च २ अर्ब ३५ करोड रुपैयाँ गरेको छ। सञ्चालन खर्च ८१ करोड ३० लाख रुपैयाँ गरेकोछ ।

बैंकको साधारणसभाले ३ नगद लाभांश र १४ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव अनुमोदन गरेकोछ । अब बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।