BIZMANDU
www.bizmandu.com

अनिवार्य कोभिड बीमा गर्न वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालयको निर्देशन, यस्तो छ इन्स्योरेन्स

२०७८ मंसिर २९

अनिवार्य कोभिड बीमा गर्न वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालयको निर्देशन, यस्तो छ इन्स्योरेन्स
अनिवार्य कोभिड बीमा गर्न वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालयको निर्देशन, यस्तो छ इन्स्योरेन्स

काठमाडौं। पर्यटन मन्त्रालयले हवाई यात्रुको अनिवार्य कोभिड बीमा गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। सुरक्षित हवाई यातायातका लागि  मन्त्रालयले इन्स्योरेन्स कभरेज लागू गर्न निर्देशन दिएको हो।

Tata
GBIME
Nepal Life

मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा यो निर्देशन जारी गरिएको सहायक प्रबन्धक ज्ञानेन्द्र भुलले बताए।

उनका अनुसार फ्लाई दुबई, एयर अरेबिया, एयर अरेबियालगायत तीन वायुसेवा कम्पनीले इन्स्योरेन्स प्लान तयार गरिसकेका छन्। प्राधिकरणले इन्स्योरेन्स प्लान भएका वायुसेवा कम्पीलाई डिसेम्बर १५ तारिखबाट यो पोलिसी लागू गर्न निर्देशन दिएको छ।

यो इन्स्योरेन्स प्लान नरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि छुट्टै मार्गनिर्देशन तयार गर्न लागेको उनले जानकारी दिए। 'हामीले यो विषयमा  विभिन्न वायुसेवासँग छलफल गरेका छौं। उहाँहरुले यसका लागि केही समयको माग गर्नु भएको छ,' उनले भने।

मन्त्रालयले यो इन्स्योरेन्स कभरेज अन्तर्गत पाँच हजार अमेरिकी डलर बराबरको हस्पिटल चार्ज र १४ दिनको होटल क्वारेन्टाइन समावेश गरिएको छ। यो प्रणाली लागू भएसँगै कोभिड संक्रमण जोखिमको आधारमा अतिरिक्त शुल्क नलाग्ने वायुसेवा कम्पनीले जनाएका छन्।

'बीमा समितिले एकपटक इन्स्योरेन्स पोलिसी एक्टिभेट गरेको थियो। अहिले खारेज भइसक्यो। कोभिडको नयाँ भेरियन्ट आइरहने भएपछि फ्लाइट बन्द गर्ने कुरा आएन,' उनले भने,'कोभिडको मेडिकल इन्स्योरेन्स गरिसकेका यात्रु बाहेकका यात्रुलाई मध्यनजर गर्दै यो प्रावधान ल्याइएको हो।'

मन्त्रालयले यो इन्स्योरेन्स कभरेज अन्तर्गत पाँच हजार अमेरिकी डलर बराबरको हस्पिटल चार्ज र १४ दिनको होटल क्वारेन्टाइन समावेश गरिएको छ। 

'कतिपय अवस्थामा पर्यटकले आफ्नो ट्राभल प्याकेजमै सबै मापदण्ड पुरा गरेर आइसकेका हुन्छन्। त्यस्ता पर्यटकका लागि यो प्रणाली अन्तर्गत अतिरिक्त शुल्क लिनु उपयुक्त हुँदैन। यात्रु दोहोरो मर्कामा पार्नु भएन,' स्रोतले भन्यो।

नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज लगायत विभिन्न वायुसेवा कम्पनीले यस किसिमको इन्स्योरेन्स प्लान ल्याउन बाँकी नै छ।