BIZMANDU
www.bizmandu.com

अमेरिकी आइसक्रिम ब्रान्ड बास्किन एण्ड रोबिन्सको आउटलेट ठमेलमा पनि खुल्यो, देशभर १६ स्टोर

२०७८ मंसिर २६

अमेरिकी आइसक्रिम ब्रान्ड बास्किन एण्ड रोबिन्सको आउटलेट ठमेलमा पनि खुल्यो, देशभर १६ स्टोर
अमेरिकी आइसक्रिम ब्रान्ड बास्किन एण्ड रोबिन्सको आउटलेट ठमेलमा पनि खुल्यो, देशभर १६ स्टोर

काठमाडौं। अमेरिकी आइसक्रिम ब्रान्ड बास्किन एण्ड रोबिन्स (बिआर) का उत्पादन अब काठमाडौंको ठमेलमा पनि पाइने भएको छ। बिआरको आधिकारिक नेपाली बिक्रेता ज्योति ग्रुपअन्तर्गतको सन इन्टरनेशनल इन्कर्पोरेट प्रालिले ठमेलमा यसको आउटलेट खोलेको हो।

Tata
GBIME
Nepal Life

नेपालमा बिआरको उत्पादन प्रवर्द्धनका लागि ज्योति ग्रुपले ग्रेभिस फुड प्रालिसँग सहकार्य गरेको कम्पनीका अध्यक्ष सौरभ ज्योतिले बताए। हाल बास्किन एन्ड रोबिन्सको नेपालका ११ शहरमा १६ वटा रिटेल आउटलेट संचालनमा रहेको उनले जानकारी दिए।

ज्योति समूह सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेटमार्फत एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो। वर्षौंदेखि आइसक्रिम व्यवसाय गर्दै आएको यो कम्पनीले उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।

कम्पनीले बेटर-फोर-यु लाइनअप अवधारणा अनुसार हल्का, फ्याट कम भएको, थप चिनीरहित आइसक्रिम, शेक, बार, चोको-लाभा लगायतका उत्पादन नेपालमा उपलब्ध गराउँदै आएको छ।

बिआरको ठमेल लाउन्ज पार्लरमा ग्राहकले ३१ किसिमका स्वाद लिन सक्ने कम्पनीले जनाएको छ। 

विश्वका ६३ भन्दा बढी मुलुकमा बिआरका सात हजारभन्दा बढी रिटेल स्टोर संचालित छन्। यो कम्पनीले १५ सयभन्दा बढी स्वादमा आइक्रिम लगायतका डेरी प्रडक्ट उत्पादन गर्दै आएको छ।