BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ५३ अंकको गिरावट, २४५२ बिन्दुमा नेप्से, अढाई अर्बमा सीमित भयो कारोबार

२०७८ मंसिर २२

सेयर बजारमा ५३ अंकको गिरावट, २४५२ बिन्दुमा नेप्से, अढाई अर्बमा सीमित भयो कारोबार
सेयर बजारमा ५३ अंकको गिरावट, २४५२ बिन्दुमा नेप्से, अढाई अर्बमा सीमित भयो कारोबार

काठमाडौं। बुधवार सेयर बजार ५३ अंकले घटेको छ। लगातार घट्दोक्रममा रहेको बजारमा कारोबार रकम पनि अढाई अर्ब रुपैयाँमा सीमित भएको छ।

Tata
GBIME
Nepal Life

७ कम्पनीको सेयर मूल्य मात्रै बढेको बजारमा स्ट्यान्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत, नेपाल एसबीआई बैंक र अजोड इन्स्योरेन्स बाहेक कुनै पनि कम्पनीको सेयर मूल्य १ प्रतिशत पनि बढ्न सकेन।

घट्ने कम्पनीमा भने सुर्योदय लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ८/८ प्रतिशतले घटेको छ। ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त र सामलिङ पावर कम्पनीको सेयर मूल्य भने ७/७ प्रतिशत घटेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ११ करोड ८८ लाख र नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बुधवार म्युचुअल फण्ड सहित जम्मा दुई अर्ब ६६ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ।

२२६ कम्पनीको सेयर किनबेच हुँदा ७ कम्पनी बाहेक सबैको सेयर मूल्य घटेको छ। कारोबारमा आएका सबै उपसमूह राताम्मे हुँदा जीवन र निर्जीवन दुवै बीमा समूहको सूचक सर्वाधिक घटेको छ।