काठमाडौं। सोमबारजस्तो तीव्र उतारचढाव नभए पनि मंगलबार बजारले 'रिभर्स गियर' पक्रेको छ। बजार ३७ अंक झरेर २५०८ अंकमा आएको छ। यद्यपि सोमबार बजार २४ सय अंकको लाइनमा आइसकेको थियो।
दिनभरीमा २३१ कम्पनीको सेयर कारोबार भएको छ। कुल ३ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सामूहिक लगानी कोषबाहेक सबै उपसूचक ओरालो लागेका छन्। आइसीएफसी फाइनान्सको सेयर मूल्य सर्वाधिक झरेको छ।
मंगलबार प्राइम बैंकको सर्वाधिक १२ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। तरलता अभाव चर्किन थालेपछि बजार निरन्तर घट्दो छ। सोमबार पनि ओरालो लागेको थियो। यद्यपि अन्तिम समयमा बढेर सूचक बन्द भएको थियो।
*स्टक एक्सचेञ्जको साइटको गडबडीले समाचार गलत पर्न गएको थियो। सच्याइएको छ।