BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे, दहाल अवकाशलगत्तै नेतृत्व

२०७८ मंसिर २०

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे, दहाल अवकाशलगत्तै नेतृत्व
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे, दहाल अवकाशलगत्तै नेतृत्व

काठमाडौं। सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गर्ने पक्का भएको छ। उनको नियुक्ति सन्दर्भमा बैंकले कर्मचारीलाई जानकारी गराइसकेको छ। 

Tata
GBIME

प्रमुख कार्यकारी अधिकृत भुवन दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुँदैछन्। त्यसपछि १२ गतेदेखि पाण्डेले बैंकको व्यवस्थापन सम्हाल्ने छन्।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए। उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ।

दहालभन्दा एक तह तल अर्थात नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा तेजबहादुर चन्द छन्। उनी लामो समयदेखि सानिमा बैंकमा छन्। चन्दलाई छाडेर बैंक सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

पाण्डे जोखिम र ऋण प्रवाहमा अब्बल मानिन्छन्। नबिल बैंकबाट करियर सुरु गरेका उनी ८ वर्षअघि सानिमा बैंक गएका हुन्। नबिल बैंक छाडेर डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रूपमा दहाल सानिमा गएका थिए। त्यसबेला प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल थिए।

प्रमुख कार्यकारी अधिकृत बनाउने प्रतिबद्धताका आधारमा दहाल सानिमा गएका थिए। उनले नबिलबाट पाण्डेसहित अन्य केहीलाई पनि लगेका थिए।