BIZMANDU
www.bizmandu.com

पोलभाडा विवाद समाधान गर्न गठित समितिले तयार पार्‍यो प्रतिवेदन, मन्त्रीलाई बुझाउने तयारी

२०७८ मंसिर १६

पोलभाडा विवाद समाधान गर्न गठित समितिले तयार पार्‍यो प्रतिवेदन, मन्त्रीलाई बुझाउने तयारी
पोलभाडा विवाद समाधान गर्न गठित समितिले तयार पार्‍यो प्रतिवेदन, मन्त्रीलाई बुझाउने तयारी


काठमाडौं। पोलभाडा विवाद दीर्घकालीन रुपमा समाधान गर्न संचार मन्त्रालयले गठन गरेको ६ सदस्यीय समितिले सुझाबसहितको प्रतिवेदन तयार गरेको छ।

Tata
GBIME
Nepal Life

विद्युत प्राधिकरणले सम्झौता नवीकरण वा भाडादर नबुझाएका सेवा प्रदायकहरुको इन्टरनेटको तार असोज १६ देखि काट्न थालेपछि देशका विभिन्न स्थानहरुमा सेवा अवरुद्ध बन्न पुगेको थियो।

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट/केबल/टेलिफोन सेवा प्रदायकहरूबीचको पोल भाडा विवाद उत्कर्षमा पुगेपछि संचार र ऊर्जा मन्त्रालयले गत असोज १७ मा हस्तक्षेप गरी साम्य पारेका थिए। दुवै मन्त्रालयले संयुक्त रुपमा पोलभाडा सम्बन्धी विवाद समाधान गर्न समितिलाई मंसिर १५ सम्म प्रतिवेदन तयार गर्न म्यान्डेट दिएको थियो। 

संचार र ऊर्जा मन्त्रीको समय लिएर तयार पारिएको प्रतिवेदन एक/दुईदिन भित्रै बुझाउने तयारी भइरहेको संचार मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए। 

‘हामीले प्रतिवेदनमा पोलभाडासम्बन्धी अल्पकालीन र दीर्घकालीन समाधानका उपायलाई समेटेका छौं। हामीले एक दुई दिनमा मन्त्रीज्यूलाई प्रतिवेदन बुझाउँछौं। मन्त्रालयले छिट्टै प्रतिवेदन सार्वजनिक गर्छ,’ सिंहले भने। 

समितिमा ऊर्जा मन्त्रालय, विद्युत प्राधिकरण, दूरसंचार प्राधिकरण र सेवा प्रदायकका प्रतिनिधिहरु छन्।