BIZMANDU
www.bizmandu.com

नेवानिको काठमाडौं-दुबई उडान संख्या थपिँदै, डिसेम्बर ५ बाट साताको नौ उडान, दुईतर्फी भाडा ५४ हजार

२०७८ मंसिर ९

नेवानिको काठमाडौं-दुबई उडान संख्या थपिँदै, डिसेम्बर ५ बाट साताको नौ उडान, दुईतर्फी भाडा ५४ हजार
नेवानिको काठमाडौं-दुबई उडान संख्या थपिँदै, डिसेम्बर ५ बाट साताको नौ उडान, दुईतर्फी भाडा ५४ हजार

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दुबई उडान संख्या थपेको छ। हाल साताको सातवटा उडान गर्दै आएको निगमले आउँदो डिसेम्बर ५ बाट यसलाई नौवटा पुर्‍याउने जानकारी दिएको छ। 

Tata
GBIME
Nepal Life

कोभिडअघि पनि यो गन्तव्यमा निगमले साताको सातवटा उडान गर्दै आएको थियो। तर पछिल्लो समय काठमाडौं-दुबई दुईतर्फी उडानमा यात्रुको माग बढेसँगै निगमले थप दुईवटा उडान थपेको जनाएको छ। यस गन्तव्यका  लागि निगमले सुरुआती एकतर्फी भाडा ३४ हजार रुपैयाँ र दुईतर्फी भाडा ५४ हजार रुपैयाँ निर्धारण गरेको छ।  

निगमका अनुसार, थपिएका दुईवटा उडान आइतबार र बुधबार बिहान १०:०० बजे हुनेछ। काठमाडौं-दुबई उडान समयावधि चार घण्टा  रहेको छ। हाल यो गन्तव्यमा साताको हरेक दिन राती मात्र उडान हुँदै आएको छ।    

'नेपाल आउनेको तुलनामा दुबई जाने यात्रुको माग धेरै छ। लोड राम्रो हुने देखिएपछि हामीले उडान संख्या थपेका हौं। अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकसँगै भ्रमणका लागि जाने यात्रु पनि उल्लेख्य रुपमा बढेका छन्,' निगमका एक अधिकारीले भने, 'भ्रमणका लागि जानेलाई ध्‍यानमा राखेर बिहान पनि यो रुटमा उडान गर्न लागिएको हो।'       

निगमले यस रुटमा यात्रुको माग अनुसार वाइडबडी र न्यारोबडी दुवै प्रकारका जहाज आवश्कयता अनुसार उडाउने पनि जनाएको छ। 

हाल निगमले दुईवटा एयरबस ३२० र दुईवटा एयरबस ३३० मार्फत दिल्ली, मलेसिया, कतार, बैंकक, दुबई लगायत विभिन्न अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।