BIZMANDU
www.bizmandu.com

सेयर बजारमा पछिल्लो एक महिना यताकै न्यून कारोबार, तीन दिनसम्म एउटै बिन्दुमा रोकियो सूचक

२०७८ मंसिर ९

सेयर बजारमा पछिल्लो एक महिना यताकै न्यून कारोबार, तीन दिनसम्म एउटै बिन्दुमा रोकियो सूचक
सेयर बजारमा पछिल्लो एक महिना यताकै न्यून कारोबार, तीन दिनसम्म एउटै बिन्दुमा रोकियो सूचक


काठमाडौं। सेयर बजारमा पछिल्लो एक महिना यताकै न्यून कारोबार भएको छ। साताको अन्तिम दिन सेयर बजारमा तीन अर्ब ७८ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो एक महिनाको अवधिमा यस अघि एक दिन मात्रै चार अर्ब रुपैयाँ भन्दा कमको सेयर खरिद बिक्री भएको थियो। उक्त दिन तीन अर्ब ९२ करोड रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भएको थियो। बाँकी सबै दिन  कम्तिमा चार अर्बदेखि आठ अर्ब रुपैयाँसम्मको सेयर किनबेच हुँदै आएको थियो।

बिहीबार सुरुवातमा केही समय सेयर बजार बढे पनि ११ अंकसम्मको वृद्धि पनि बजारले थेग्न सकेन। एक समय १४ अंकसम्म घटेर कारोबार भइरहेको बजार अन्तिममा केही सम्हालिदै तीन अंक मात्रै घटेर २७३१ बिन्दुमा बन्द भएको छ।

समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक ९ प्रतिशतले बढ्दा सामलिङ पावर कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढेको छ। मानुषी लघुवित्त र साना किसान विकास बैंकको सेयर मूल्य सर्वाधिक ५/६ प्रतिशतसम्म घटेको छ।

नेपाल टेलिकमको सर्वाधिक २६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच हुँदा महालक्ष्मी विकास  बैंकको  १६ करोड, सिभिल बैंकको १४ करोड, साना किसान विकास बैंक र नबिल बैंकको १०/१० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२३३ कम्पनीको करिब ७५ लाख कित्ता सेयर ४७ हजार पटक किनबेच भएको छ। ६१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

बैंकिङ, होटल तथा पर्यटन र अन्य समूह बाहेक सबै उपसमूहको सूचक पनि ओरालो लागेको छ। सबैभन्दा धेरै घट्नेमा निर्जीवन बीमा समूह १५६ अंक र विकास बैंक समूह ७० अंकले घटेका छन्।