BIZMANDU
www.bizmandu.com

तेल प्रशोधन गर्ने सिद्धार्थ रिफाइनरीको व्यापार साढे २ अर्ब नाघ्दै, निर्यातमा भारतीय नीति बाधक


तेल प्रशोधन गर्ने सिद्धार्थ रिफाइनरीको व्यापार साढे २ अर्ब नाघ्दै, निर्यातमा भारतीय नीति बाधक
तेल प्रशोधन गर्ने सिद्धार्थ रिफाइनरीको व्यापार साढे २ अर्ब नाघ्दै, निर्यातमा भारतीय नीति बाधक


काठमाडौं। खाने तेल उत्पादन गर्ने सिद्धार्थ रिफाइनरी उद्योगको कारोबार यो वर्ष साढे दुई अर्ब रुपैयाँभन्दा नाघ्ने देखिएको छ। कम्पनीले सन् २०२१ मा दुई अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार पुर्‍याउने अनुमान क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाललाई उपलब्ध गराएको छ। 

Tata
GBIME
Nepal Life

सिद्धार्थ रिफाइनरीले मुख्यगरी भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात गरी त्यसलाई प्रशोधन तथा प्याकेजिङ गरेर अधिकांश उत्पादन भारत निकासी गर्दै आएको छ। यसबाहेक उत्पादनको सानो हिस्सा मात्र यसले स्थानीय बजारमा बिक्री गर्दछ। यसले ब्राजिल, अर्जेन्टिना र क्यानडाबाट कच्चा तेल आयात गरी कम्पनीले नेपालमा खानेतेल प्रशोधन गर्दै आएको छ। 

यसबाट गत वर्ष कम्पनीले ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। त्यसमा १७६ प्रतिशतले बढाएर कारोबार साढे दुई अर्बमाथि पुर्‍याउने प्रक्षेपण सिद्धार्द रिफाइनरीले गरेको हो। यसअघि सिद्धार्थको तेल कारोबार सन् २०१९ मा ८३ करोड ५० लाख र २०१८ मा ८० करोड १० लाख रुपैयाँ थियो। 

कम्पनीको कारोबार बढ्नुमा भटमास, सूर्यमुखी र पाम तेलको निर्यात प्रमुख कारण भएको कम्पनीले इक्रा नेपाललाई उपलब्ध गराएको विवरणले देखाउँछ। भटमास र सूर्यमुखी तेल निर्यातमा उच्च मार्जिन हुँदा त्यसबाट प्रेरित भएर बढाएको निर्यातका कारण सिद्धार्थले कारोबार उल्लेख्य रुपमा बढाउन सफल भएको हो। 

नेपालबाट भारततर्फ भटमास, पाम, सूर्यमुखी लगायतका खानेतेल निर्यात गर्दा भन्सार दर फरकका कारण नेपालमा पछिल्ला केही वर्षयता थुप्रै तेल उद्योगहरु स्थापना तथा क्षमता विस्तारमा गए। यस्ता उद्योगहरुको संख्या झन्डै तीन दर्जनको संख्यामा रहेका छन्, जसले आफ्नो उत्पादनको ८० प्रतिशत भन्दा बढी भारतमा निकासी गर्दै आएका थिए। ती उद्योगहरुले विगत तीन वर्षदेखि भन्सार फरकको फाइदा उठाउँदै भारततर्फ तेल निकासी गर्दै आएका हुन्।

तर गत महिना (अक्टोबर २०२१) बाट भारतले पाम, भटमास र सूर्यमुखीको कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुलमा दुई तहभन्दा बढीले कटौती गरेको छ। त्यससँगै, भारतमा जुनसुकै देशबाट यी खाने तेलहरु आयात गरे पनि समान भन्सार लाग्ने भएपछि त्यसको प्रत्यक्ष असर नेपाली तेल उत्पादक तथा निकासीकर्ताहरुलाई परेको छ।  यसपछि भने भारततर्फको निर्यातलाई नै लक्षित गरेर स्थापना भएका नेपालका तेल उद्योगहरु संकटमा पर्ने देखिएको छ।

भारतले पछिल्लो समय भटमास, पाम, सूर्यमुखी लगायतका खानेतेल आयातका लागि गरेको भन्सार महसुलमा कटौतीको व्यवस्था कम्तिमा आगामी मार्चसम्म कायमै राख्नेछ। त्यसैले यसले अन्य नेपाली तेल कम्पनीका साथै सिद्‍धार्थ रिफाइनरीको कारोबारमा पनि असर पर्न सक्ने आकलन गरिएको छ। 

भारतीय नीतिका कारण कम्पनीले भारत निर्यात गरिरहेको खानेतेलको परिमाण घट्ने वा बन्द हुन सक्ने इक्रा नेपालले जनाएको छ। भारतमा तेल निर्यात गर्दा इन्भेन्टरी लिक्विडेसनसहित अन्य पक्षमा पनि असर पर्ने भएकाले कम्पनीसँग उधारोमा सामान लैजानेबाट कारोबारमा प्रभाव पर्न सक्ने आकलन गरिएको छ। 

तर, सन् २०२१ मा कम्पनीले भारतमा बिक्री गर्ने तेलको अग्रिम भुक्तानी १४ दिनमा कायम भएपछि क्यास साइकल सुधार हुँदै इन्भेन्टरी लिक्विडेसनमा असर कम पर्ने बताइएको छ। यसका साथै कर्जा ब्याजदर बढ्दै गएको र तरलता अभावका कारण यसको प्रत्यक्ष असर कम्पनीको संचालन आम्दानी, नाफा र कभरेज इन्डिकेटरमा पर्ने बताइएको छ।   

कम्पनीले स्वदेशी बजारसँगै भारतमा खानेतेल निर्यात गर्दै आएको इक्रालाई जनाएको छ। कम्पनीसँग हरेक दिन १२० टन तेल प्रशोधन गर्ने क्षमता छ। यसअघि कम्पनीको प्रशोधन क्षमता प्रतिदिन ६० टन थियो। खानेतेलको माग अत्यधिक बढ्दा कम्पनीले प्रशोधन क्षमता बढाएको थियो। 

यसको प्रशोधन उद्योग रुपन्देहीको गुरवानीमा रहेको छ। कम्पनीमा २८ प्रतिशत सेयर अर्पितकुमार अग्रवालको नाममा छ। जगदीशकुमार अग्रवाल, राजेशकुमार अग्रवाल र संगिता खेतान (अग्रवाल) सँग समान २४ प्रतिशत सेयर स्वामित्व छ। 

कम्पनीका प्रबर्द्धकहरुको लगानी श्री स्टिल, अर्घाखाँची सिमेन्ट, एसियन कंक्रिटोलगायतमा पनि छ।