BIZMANDU
www.bizmandu.com

सरकारी खर्च ३ खर्ब नाघ्यो, विकास खर्चमा छैन प्रगति, चार महिना नाघ्दा ५ प्रतिशत मात्रै

२०७८ मंसिर ९

सरकारी खर्च ३ खर्ब नाघ्यो, विकास खर्चमा छैन प्रगति, चार महिना नाघ्दा ५ प्रतिशत मात्रै
सरकारी खर्च ३ खर्ब नाघ्यो, विकास खर्चमा छैन प्रगति, चार महिना नाघ्दा ५ प्रतिशत मात्रै

काठमाडौं। चालू वर्षको ४ महिनामा सरकारको खर्च ३ खर्ब नाघेको छ। चालु वर्षको चार महिना ८ दिनमा ३ खर्ब ९ अर्ब खर्च भएको हो। 

Tata
GBIME
Nepal Life

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारी ढुकुटीमा ७२ अर्ब मौज्दात छ। अहिलेसम्म सरकारले कुल प्राप्ति ३ खर्ब ८१ अर्ब छ। यो वर्ष सरकारले राजस्वतर्फ उल्लेख्य प्रगति गरिरहेको छ।

कुल राजस्व ३ खर्ब ५२ अर्ब संकलन भएको छ। यो कुल लक्ष्यको २९.८७ प्रतिशत हो। तर चार महिनामा पनि विकास खर्चतर्फ भने उल्लेख्य प्रगति हुन सकेको छैन।

यो अवधिमा कुल विकास खर्च २२ अर्ब १४ करोड मात्रै भएको छ। यो कुल खर्च लक्ष्यको ५ प्रतिशत मात्रै हो। अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएतापनि हालमसम्म कुनै प्रगति छैन।

मन्त्री शर्माले विकास खर्चमा प्रगति हुन नसकेपछि चौमासिक समिक्षाको बैठाकमा खर्चको मोडालिटी नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।