BIZMANDU
www.bizmandu.com

‘भारतको रेल सिधै नेपाल आउँदा लागत ३२% ले घट्यो’- गोल्छा,’उधारो बिललाई मान्यता देउ’

२०७८ मंसिर ८

‘भारतको रेल सिधै नेपाल आउँदा लागत ३२% ले घट्यो’- गोल्छा,’उधारो बिललाई मान्यता देउ’
‘भारतको रेल सिधै नेपाल आउँदा लागत ३२% ले घट्यो’- गोल्छा,’उधारो बिललाई मान्यता देउ’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतसँग भएको रेल सम्झौताबाट कच्चा पदार्थ ढुवानीमा ३२ प्रतिशतले सस्तो भएको  बताएका छन्। भारतको निजी क्षेत्रको रेल समेत नेपाल भित्रिन पाउने सम्झौता भएसँगै लागत घटेको हो।

Tata
GBIME
Nepal Life

उद्योग दिवसको अवसरमा महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले रेल सम्झौताको सकारात्मक असर व्यावसायमा देखिन थालेको बताएका हुन्। कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले व्यवसाय चक्रमा हुने उधारो बिलको कानुनी जमानत हुनुपर्ने भनाई राखे ।

उनले भने-'प्रत्येक २ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण सरकारलाई बुझाउनु पर्छ तर व्यवसायिक चक्रमा ६ महिनासम्मको बिल उठ्दैन बिलको कानुनी रुपमा मान्यता पनि छैन यसको सरकारले व्यवस्था गर्नुपर्यो।'

उद्योग सचिव अर्जुन पोखरेलले व्यवसायीको समस्यामा सरकार गम्भीर रहेको बताए। उनले भने- 'सरकारले निजी क्षेत्रका लागि कानुन बनाउँदा निजी क्षेत्रको धारणा समावेश नगरी बनाउँदैन। केही विषयमा अप्ठ्यारो होला ती विषय छलफल गरी टुङगोमा पुर्‍याउन सकिन्छ।' 

कार्यक्रममा महासंघ उद्योग समिति सभापति भरत आचार्यले उद्योगीको अवस्था र समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए।