BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निःशुल्क इन्टरनेट पाउने

२०७८ मंसिर ८

ग्लोबल आइएमई बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निःशुल्क इन्टरनेट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निःशुल्क इन्टरनेट पाउने

काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ चलाउनका लागि निःशुल्क इन्टरनेट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट’ र ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको विज्ञप्तिमार्फत जनाएको छ। 

Tata
GBIME
Nepal Life

डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा हाललाई नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई मात्र उपलव्ध हुने बैंकले जनाएको छ ।

ग्राहकलाई नविनतम प्रविधिसँग अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ आकर्षक योजना सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकको भनाइ छ।

यो सुविधा प्रदान गर्नका लागि ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको थियो। समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंककी बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरे। 

ग्लोबल आइएमई बैंकले देशका ७७ मध्ये ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।