BIZMANDU
www.bizmandu.com

१०२ कम्पनीको सेयर मूल्य बढ्दा बजार एक अंकले मात्रै बढ्यो, कारोबार रकममा सामान्य सुधार

२०७८ मंसिर ८

१०२ कम्पनीको सेयर मूल्य बढ्दा बजार एक अंकले मात्रै बढ्यो, कारोबार रकममा सामान्य सुधार
१०२ कम्पनीको सेयर मूल्य बढ्दा बजार एक अंकले मात्रै बढ्यो, कारोबार रकममा सामान्य सुधार


काठमाडौं। बुधबार सेयर बजारमा १०२ कम्पनीको मूल्य बढ्दा पनि जम्मा एक अंकले मात्रै नेप्से उकालो लागेको छ। कारोबार रकममा भने सामान्य सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life

बुधबार तीव्र उतारचढाब देखिएको बजार एक समय २६९५ बिन्दु सम्म झरेको थियो। केही समयपछि बजार २७४३ बिन्दु सम्म पुगेको थियो। बजार बन्द हुँदा भने एक  अंकले बढेर २७३४ बिन्दुमा बन्द भएको छ। कारोबार रकम चार अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

मंगलबार  सेयर बजार ३२ अंकले घट्दा चार अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। बुधबार कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले  घटबढ भएन। सबैभन्दा धेरै मूल्य बढ्नेमा मैलुङ खोला जलविद्युत कम्पनीको ९ प्रतिशत र कर्णाली विकास बैंकको ६ प्रतिशत रहेको छ। सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने गुर्खाज फाइनान्स र उन्नती सुरक्षा लघुवित्तको २/२ प्रतिशत मूल्य घटेको छ।

१३ उपसमूह मध्ये १० वटा उपसमूहमा समेत हरियाली छाएको छ। व्यापार, बैंकिङ र जीवन बीमा उपसमूह बाहेक सबै समूहमा हरियाली छाएको छ। तर सर्वाधिक बृद्धि भने ३५/३६ अंक सम्म मात्रै भएको छ। सर्वाधिक घट्ने उपसमूह भने ६१ अंक सम्म घटेको छ।

नेपाल टेलिकमको २६ करोड रुपैयाँको सेयर किनबेच हुँदा आइसीएफसी फाइनान्सको १८ करोड, अपि पावरको १७ करोड र नेशनल हाइड्रोपावरको १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२२७ कम्पनीको ७४ लाख कित्ता सेयर ५४ हजार पटक किनबेच भएका छन्। ७६ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य स्थिर र १०२ कम्पनीको सेयर मूल्य बढेको छ।