BIZMANDU
www.bizmandu.com

प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता, क्यान्सर न्युनिकरणमा सहकार्य

२०७८ मंसिर ८

प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता, क्यान्सर न्युनिकरणमा सहकार्य
प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता, क्यान्सर न्युनिकरणमा सहकार्य

काठमाडौं। प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौताअनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग 'दि पिंक रिबन क्याम्पेन' सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहकार्य गर्नेछ।

सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा.सुजिता हिराचनले हस्ताक्षर गरेका छन्।

नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सरसम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरनाफामुखी संस्था हो। यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ्ग मेडिकल क्याम्प’ लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। 

सम्झौताअन्तर्गत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानीव्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापन गरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ। 

प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्‍याउने उद्देश्यका साथ शुरु गरिएको योजना हो।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट पाउनुका साथै न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने क्यापिटलले जनाएको छ। 

यो योजनामा न्यूनतम एक वर्षका लागि सहभागी हुन पाइन्छ भने हर्डल रेट ८ प्रतिशत रहेको छ। त्यस्तै, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) ५० प्रतिशत छुटपछि जम्मा १ प्रतिशत र मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ।

लक-इन अवधि १ वर्ष, लक इन अवधिअगावै योजना बन्द शुल्क ३ प्रतिशत, नाफा वितरण न्यूनतम लगानी अवधिपश्चात र क्यापिटलले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने क्यापिटलको योजना छ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभर रहेका शाखाबाट यो योजनामा सहभागी हुन सकिन्छ। यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइरहेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ।