BIZMANDU
www.bizmandu.com

नेपाल पेमेन्टले वान लिंक पहिलोपटक सुरु गर्‍यो, परम्परागत बैंकिङको विकल्प तयार गर्दै

२०७८ मंसिर ८

नेपाल पेमेन्टले वान लिंक पहिलोपटक सुरु गर्‍यो, परम्परागत बैंकिङको विकल्प तयार गर्दै
नेपाल पेमेन्टले वान लिंक पहिलोपटक सुरु गर्‍यो, परम्परागत बैंकिङको विकल्प तयार गर्दै


काठमाडौं। नेपाल पेमेन्ट सोलुसन्सको ‘वान लिंक’ नामक पेमेन्ट सेवा पहिलोपटक सिद्धार्थ बैंकबाट सुरु भएको छ। यो सेवा सुरु भएसँगै अब ग्राहकहरुले बिना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्ने बताइएको छ।

Tata
GBIME
Nepal Life

सानादेखि ठुला व्यापारीलगायत कर्पोरेट हाउसहरुले ‘वान लिंक’ बाट आफ्ना ग्राहकहरुलाई एसएमएस अथवा इमेल जस्तै ह्वाट्स एप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसाको कारोबार गराउन सक्ने कम्पनीले जनाएको छ। यसले एम् बैंकिङसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्ने दाबी कम्पनीको छ। 

परम्परागत भुक्तानी सेटअपमा ग्राहकहरूलाई म्यानुअल विवरणहरू मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलब्ध गराइन्थ्यो। यद्यपि,  वान लिंकमार्फत ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ-बैंकिङ, एम् बैंकिङ, कनेक्ट आइपीएस, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको  विकल्प पाउन सक्ने बताइएको छ। 

अहिले सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि आगामी दिनमा यसबाट ऋणको इएमआई भुक्तानी गर्न मिल्ने सेवा पनि समेटिने कम्पनीले जनाएको छ। 

नेपाल पेमेन्ट सोलुसन्सले ४० भन्दा बढी बैंक, ५० भन्दा बढी रेमिट्यान्स कम्पनी र २० भन्दा बढी वालेटहरुलाई जोडेको बताइएको छ।