BIZMANDU
www.bizmandu.com

सुनचाँदीको कारोबार मूल्यमा सामान्य बढोत्तरी, सुन तोलामा २०० र चाँदी १० रुपैयाँ बढ्यो

२०७८ मंसिर ६

सुनचाँदीको कारोबार मूल्यमा सामान्य बढोत्तरी, सुन तोलामा २०० र चाँदी १० रुपैयाँ बढ्यो
सुनचाँदीको कारोबार मूल्यमा सामान्य बढोत्तरी, सुन तोलामा २०० र चाँदी १० रुपैयाँ बढ्यो

काठमाडौं। साताको पहिलो दिन आएको गिरावटले कारोबार मूल्य घट्ने अपेक्षा गरिए पनि सोमबार सामान्य बढोत्तरी भएको छ। सुन तोलामा २ सय र चाँदी १० रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि गत शुक्रबारका तुलनामा ७ सयको गिरावट आउँदा आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ थियो। 

गत शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य सोमबार प्रतितोला १२ सय ७० भएको छ। यो आइतबारका तुलनामा तोलामा १० रुपैयाँको वृद्धि हो। गत शक्रबारको तुलनामा १५ रुपैयाँ घट्दा आइतबार प्रतितोला १२ सय ६० रुपैयाँ भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔँस १८४६.०२ डलर रहेको सुन सामान्य बढोत्तरी हुँदा सोमबार १८४८.६३ डलरमा कारोबार भइरहेको छ। चाँदी सोमबार प्रतिऔंस २४.७३ डलर छ। आइतबार २४.६१ डलर थियो।