BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीको तलब ३ करोड ६ लाख, साधारणसभाका यस्ता छन् एजेण्डा

२०७८ मंसिर ६

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीको तलब ३ करोड ६ लाख, साधारणसभाका यस्ता छन् एजेण्डा
इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीको तलब ३ करोड ६ लाख, साधारणसभाका यस्ता छन् एजेण्डा


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले एक वर्षमा ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्। पोहोर पनि उनले यति नै बुझेका हुन्। यो रकममा ३६ प्रतिशत कर भुक्तानी गर्नु पर्छ। यद्यपि उनको तलब सुविधा तीन वर्षदेखि वृद्धि भएको छैन।

Tata
GBIME
Nepal Life

बैंकले मंसिर १७ गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार,  पाण्डेले तलबबापत एक करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका छन्। भत्ता बापत एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष सुविधा १६ लाख ८ हजार रुपैयाँ बुझेका हुन्। 

बैंकले गत वर्षको मुनाफा ३.३८ प्रतिशत नगद लाभांश र १२.६१ प्रतिशत बोनस सेयर दिने छ। अहिले बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ छ। जगेडा कोषमा १४ अर्ब २० करोड रुपैयाँ छ।

बैंकको संस्थापक सेयरधनीका तर्फबाट चार जना सञ्चालकको निर्वाचित हुने छन्। 

बैंकको कर्मचारी खर्च एक अर्ब ७० करोड ८१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन खर्च १ अर्ब १२ करोड ५७ करोड रुपैयाँ छ। बैंक उच्च व्यवस्थापनले २४ करोड ७४ लाख ३७ हजार रुपैयाँ तलब भत्ता बुझेका छन्। ११९ जनाले यो सुविधा पाएका हुन्। यसमा नाफाबाट बाँडिने बोनस उल्लेख छैन। बोनस जोडिँदा अझ बढ्ने छ।