BIZMANDU
www.bizmandu.com

फोटोनको विश्वस्तरीय एम्बुलेन्स नेपाल भित्रियो, एम्बुलेन्समै इमर्जेन्सी मेडिकल पूर्वाधार

२०७८ मंसिर ५

फोटोनको विश्वस्तरीय एम्बुलेन्स नेपाल भित्रियो, एम्बुलेन्समै इमर्जेन्सी मेडिकल पूर्वाधार
फोटोनको विश्वस्तरीय एम्बुलेन्स नेपाल भित्रियो, एम्बुलेन्समै इमर्जेन्सी मेडिकल पूर्वाधार

काठमाडौं। चिनियाँ अटोमोबाइल उत्पादक फोटोनको टुनल्याण्ड एम्बुलेन्सको नेपालमा बिक्री सुरु भएको छ। नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले यो एम्बुलेन्स भित्र्याएको हो।

Tata
GBIME
Nepal Life

एम्बुलेन्स स्वास्थ मन्त्रालयले तोकेका सम्पूर्ण मापदण्ड बमोजिमको भएको दाबी गरिएको छ। एम्बुलेन्स नेपाल सरकार स्वस्थ मन्त्रालयको निर्देशिका बमोजिम क्याटगोरी 'ए' र 'बी' मा उपलब्ध रहेको कम्पनीका बिक्री विभाग प्रमुख नविन आचार्यले जानकारी दिएका छन्।

सन् १९९६ मा स्थापित चिनियाँ अटो कम्पनी फोटोनले ठूला तथा साना-मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु लगायत समेत उत्पादन गर्दै आएको छ। जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी साधन उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्सँग सहकार्य गरेको छ। 

यस्तो छ टुनल्यान्ड एम्बुलेन्स  
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा उल्लेख भएअनुसारका फोर व्हील ड्राइभ, पावर स्टेरिङ्ग, सस्पेन्सन चेन सिस्टम लगायतका सम्पूर्ण विशेषता फोटोनको यो टुनल्याण्ड एम्बुलेन्समा रहेको दाबी एमएडब्लुले गरेको छ।

एम्बुलेन्सभित्र एउटा बिरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु समेत उपलब्ध रहेकाले बिरामीलाई अस्पताल लैजाँदा-ल्याउँदा निकै सहज हुने बताइएको छ। साथै अस्पतालहरुको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ।

टुनल्यान्ड  एम्बुलेन्समा  २.८ लिटर क्षमताको डिजेल इन्जिन रहेको छ। उक्त इन्जिनले १२० किलोवाट पावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३६० एनएम रहेको छ। फोर बाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका १४० भन्दा बढी देशका बजारमा पुगिसकेको कम्पनीको भनाइ छ। 

यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ । यस्तै, अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पीकअपमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ।